भारतीयको मृत्युपछि वीरगञ्जमा कफ्र्यु
काठमाण्डौ, कात्तिक १६ । वीरगञ्जमा सोमबार प्रहरीसंगको झडपछि एक भारतीयको मृत्यु हुदाँ अनिश्चितकालिन कफ्र्यु लगाइएको छ। दिउँसो प्रहरीसँग भएको झडपमा रक्सौल नयाँ रोडका २४ वर्षका आशिषकुमार रामको मृत्यु भएको हो।
झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो । उनी प्रहरीमाथि भएको ढुंगामुढामा संलग्न थिए । गृहमन्त्रालयले पनि यसको पुष्टि गरिसकेको छ । उनले बोकेको मोबाइलबाट पहिचान खुलेको हो ।
वीरगञ्ज रक्सौल नाकाको मितेरी पुलमा धर्ना बसेकाहरुलाई प्रहरीले हटाएपछि वीरगञ्ज सोमबार विहानैबाट तनावग्रस्त भएको थियो । अहिले पनि जारी तनाबमा प्रहरीले निकै नै संख्यामा प्रहरी परिचालन गरेको छ भने त्यहाँ निषेधाज्ञा सहित कफ्र्यु लगाइएको छ।
१६ कात्तिक २०७२, सोमवार १०:१२ बजे प्रकाशित