राम्चेमा ज्यान गुमाउनेको संख्या ३० पुग्यो

काठमाण्डौ, १७ कात्तिक । काठमाडौँबाट रसुवाको चिलिमेतर्फ जादै गरेको बस राम्चेमा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ।

गएराती काठमाण्डौबाट हिडेको ना३ख ५७०६ नंको गाडी आज बिहान दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको हो । ज्यान गुमाउनेमा १७ पुरुष, १२ महिला र एक बालक छन् ।

दुर्घटनामा ४५ यात्रु घाइते भएका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

पसाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट बस करिब ५०० मि तल खसको थियो । बसभित्र र छतमा गरी करिब एक सयभन्दा बढी यात्रु सवार थिए ।

घाइतेलाई उपचारका लागि काडमाडौँ र जिल्ला अस्पताल धुन्चे लगिएको छ । प्रत्यक्षदर्शीका अनुसार छेउमा बस गुडाएपछि सडक धस्सिन पुगी दुर्घटना भएको बताइएको छ।

१७ कात्तिक २०७२, मंगलवार १५:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु