नेपालमा पहिलो पटक निर्वाचन दिवस मनाईंदै

काठमाडौं ७, फागुन । नेपालमा पहिलो पटक आज (शनिबार) निर्वाचन दिवस मनाईंदैछ । पहिलो आमचुनाव भएको दिनको सम्झनामा अबदेखि फागुन ७ गते निर्वाचन दिवस मनाउन लागिएको निर्वाचन आयोगले जनाएको छ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आमचुनाव भएको थियो । दिवसको अवसरमा आयोगले दिउँसो २ बजे राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र सबै दलका शीर्ष नेताको उपस्थितिमा कार्यक्रम गर्ने भएको छ । लोकतन्त्रको मेरुदण्ड मानिने आवधिक चुनाव पहिलोपटक भएको ५८ वर्षपछि आयोगले पहिलोपटक दिवस मनाउन लागेको हो ।

७ फागुन २०७३, शनिवार ०५:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु