धादिङमा शनिबार बिहानै परकम्प

काठमाडौं ७, फागुन । शनिबार धादिङ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको परकम्प गएको छ । बिहान ६ बजे धादिङको बेनिघाट आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो गत वर्षको गोरखा केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परकम्प नै भएको केन्द्रका प्रमुख लोकविजय जानकारी दिए । ठूलो भूकम्पपछि वर्षाैंसम्म साना परकम्प आइरहने भएकाले नआत्तिन तर, सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

गत वर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रेक्टर स्केल र त्यसमाथिका रिक्टर स्केलका हालसम्म ४ सय ७७ परकम्प गएको अधिकारीले जानकारी दिए ।

७ फागुन २०७३, शनिवार ०५:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु