प्रधानमन्त्री ओलीले अरुका लागि खनेको खाल्डोमा आफैं फस्ने पुनको दाबी

नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीलाई नेपालको संविधान, गणतन्त्र, समावेशीता, समाजिक न्याय जस्ता उपलब्धी खोस्न खोजेको बताएका छन् ।

संविधानमा व्यवस्था नभएकोबारे जानकारी भए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति केन्द्र तथा निकायको सेटिङमा प्रतिनिधिसभा विघटन भएको पछिल्ला घटनाक्रमले पुष्टि गरेको उनको भनाइ छ ।

ओलीले विपक्षी र विरोधीलाई पेलेर अझै डेढ र दुई वर्ष सत्ता चलाउने सपना देखेको तर, त्यो सम्भव नभएको उनले बताए ।

‘ओलीजीले सबैलाई पेलपाल गरेर अझै डेढ÷दुई वर्ष सत्ता चलाउँछु भन्ने सपना देखिरहनुभएको छ’, पुनले भने, ‘जसको सेटिङमा प्रतिनिधिसभा सिध्याउनुभयो, उसैले वैशाखपछिका लागि अर्को खिलराजको खोजी गरिरहेको छ ।’

नेपालमा संविधान जारी गर्नु हुँदैन भन्दै संविधान रोक्न आएकाहरु र संविधान जारी भएपछि पनि लागू हुन दिन्नौं भन्नेहरु अहिले पनि शक्तिमै रहेको र उनीहरुको इशारामा ओलीले लोकतन्त्र, गणतन्त्र, समावेशीता तथा सामाजिक न्यायमाथि प्रहार गरेको पुनले उल्लेख गरे ।

वैशाखपछि उहाँलाई पनि मिल्काइन्छ । त्यसैले हामीले समय छँदै सजग गराउ नचाहेका छौं’ पुनले भने । ओलीले अरुका लागि खनेको खाल्डोमा आफैं फस्ने पुनको दाबी छ । तर, काँग्रेसलगाष्यत लोकतान्त्रिक आन्दोलनका सहयात्रीहरुसँग आन्दोलनमा सहकार्य गरेर संविधान बाचय छाड्ने अठोट पुनले व्यक्त गरे ।

निर्वाचन घोषणा गरेका कारण वैशाख अन्तिमसम्म वैधानिकता रहे पनि त्यसपछि वर्तमान कामचलाउ सरकारको वैधता सकिने पनि उनले स्पष्ट पारेका छन् ।

ओलीलाई सक्साएर प्रतिनिधिसभा विधटन गराउने शक्तिले नै अर्को खिलराज रेग्मीको खोजी गरिसकेको दाबी उनको छ ।

ओलीलाई दक्षिणपन्थको आरोप लगाउँदै पुनले दक्षिणपन्थहरु क्रान्तिकारी आन्दोलन हाबी हुँदा पछि लाग्ने र अलिकति मात्र कमजोर हुँदा टाउको उठाउने गरेको इतिहास संसारभर रहेको चर्चा गरे ।

ओलीसँग सानो झुण्ड बाहिरिए पनि जबजको मार्गनिर्देशनमा एमालेलाई जनताबीच लोकप्रिय बनाउने, पार्र्टीलाई विधि, प्रक्रिया, पद्धति र विचारका आधारमा अघि बढाउनुपर्छ भन्ने सोचका माधव नेपाल, झलनाथ खनाललगायत ठूलो पंक्ति र पूर्वमाओवादी एक ढिक्का भएको पुनको दाबी छ ।

ओलीले एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने, मुलुकलाई समाजवादको दिशामा लैजाने, मुलुकको विकास गर्ने भन्दा पनि आफूर्लाइ सत्तामा उक्लले भ¥याङका रुपमा पार्टी एकता गरेको पुष्टि अहिले आएर भएको टिप्पणी पुनले गरे ।

यस्तै आफ्ना अध्यक्षद्वय प्रचण्ड–नेपालमाथि ‘दुईटा खिया लागेको नटबोल्ट’ र ‘भेट्नु कुहिएको फल’ को संज्ञा दिएकामा पनि पुनले आपत्ति जनाए ।

यस्तै ओलीमा मुर्खता रहेको पनि उहाँको टिप्पणी छ ।

गत जेठमा स्थायी समिति बैठकमा नेताहरुले पार्टी र सरकार ठीक दिशामा गएन, जनतासँग पाएको म्याण्डेटअनुसार सरकार चलेन भन्ने विषय उठाउँदा ओलीले ‘मैले पद छाड्नुप¥यो भने कुर्सी नै भाँचिदिन्छु भनेर हिंडेको’ टिप्पणी गरे ।

४ सय ४१ सदस्यीय केन्द्रीय समितिका ३ सय १५ जना मूल नेकपाका रहेको भन्दै उनले विधि, पद्धति, विचार र जनमतबाट विचलित भएको ओली नेतृत्वको सानो झुण्ड बाहिरिँदैमा कम्युनिष्ट आन्दोलन कमजोर नहुने दाबी गरे ।

पुनले बहुमत प्राप्त दलको नेताले चाहँदैमा संसद विघटन हुने व्यवस्था संविधानमा नरहेको हेक्का राख्न सुझाव दिए । ‘वकिलहरुको र हाम्रो तर्क के हो भने पाउँदैन ।

एक जना नेताले सकेन भने अरु पनि विकल्प हुन्छ, राजीनामा दिएर हिंड्ने हो । काम गर्न सकेन भने राजीनामा दिन्छ,अर्को आउँछ कुरा स्पष्ट छ,’ उनले भने ।

६ माघ २०७७, मंगलवार १४:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु