चालु आवको योजना सम्झौताको म्याद शुक्रवार सम्म
काठमाण्डौ । जिल्ला विकास समिति काठमाण्डौँले चालु आर्थिक बर्ष २०७३/७४ का लागि योजना सम्झौताको म्याद यहि पुस मसान्त अर्थात शुक्रवार सम्म योजना सम्झौता गरिसक्न सबै नगरपालिकाहरुलाई निर्देश गरेको छ । शुक्रवारपछि उपभोक्ता समिति गठन सहित योजना सम्झौताको सिफारिस नर्गन भनिएको छ । यसअघि पुस ५ गतेसम्म सम्झौता हुने भनेर सूचना सार्वजनिक गरिएको भएपनि सरकारी विदा लगायतका कारण समय थप गरिएको समितिले जनाएको छ । अझै केही उपभोक्ता समितिहरु सम्पर्कमा नआएको भन्दै समितिले सचेत गराएको छ ।
२७ पुस २०७३, बुधवार १४:१६ बजे प्रकाशित