फिफा वरियतामा नेपालको ६ स्थान सुधार

काठमाण्डौ । विश्व फुटबल वरियतामा नेपालले ६ स्थान सुधार गरेको छ ।
विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा १७५ औं स्थानमा उक्लिएको छ । नेपाल दक्षिण एसियामा चौथो स्थानमा छ । गएको महिना नेपाल १ सय ८१ औँ स्थानमा थियो ।
दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारत विश्ववरियतामा १२९ औं स्थानमा छ ।
माल्दिभ्स १४५, अफगानिस्तान १५१, भुटान १७६, बंगलादेश १९०, श्रीलंका १९६ र पाकिस्तान १९७ औं स्थानमा छ ।
विश्व वरियतामा अर्जेन्टिना पहिलो स्थानमा छ । ब्राजिल दोस्रो र जर्मनी तेस्रो स्थानमा छ ।
चिली चौथौं, बेल्जियम पाँचौं, कोलम्बिया छैटौं, फ्रान्स सातौं, पोर्चुगल आठौं, उरुग्वे नवौं र स्पेन १० औं स्थानमा छन ।

२८ पुस २०७३, बिहीवार १४:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु