भृकुटीमण्डपमा ‘अटो नाडा सो’ प्रदर्शनी चल्दै !

NADA Auto Show 2015काठमाडौँ, १४ भदौँ । गाडीहरूको प्रर्दशनी ‘नाडा अटो सो को ११ औं संस्करण राजधानीमा मंगलबार सुरु भएको छ । अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भएको अटो शो को उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे । भृकुटीमण्डपमा आयोजित प्रर्दशनी १९ गतेसम्म चल्ने छ । प्रदर्शनीमा सवारी साधन, पार्टपुर्जा तथा अन्य एक्सेसरिजहरू राखिएको एसोसियसनका अध्यक्ष अन्जन श्रेष्ठले जानकारी दिए ।
प्रर्दशनीमा ७४ वटा संस्थाका सानाठूला गरी १ सय बढी स्टल छन् । सहभागी संस्थाले विभिन्न योजनासहित सवारी साधन, सवारी साधनजन्य वस्तु तथा अन्य सेवा प्रदर्शनीमा राखिएकोे आयोजकले जानकारी दिएको छ । एकै थलोमा विभिन्न गाडीका नयाँ मोडल तथा नयाँ प्रविधिसहितको प्रदर्शनीमा डिलर, उत्पादक, बिक्रेता, एवं ग्राहकको जमघटले सवारी साधन र सम्बन्धित सम्पुर्ण क्षेत्रको विकास, बजारिकरण र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।

१४ भदौ २०७३, मंगलवार १५:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु