दुर्घटना र बाढीपहिरोबाट १ सय ३१ जनाको मृत्यु !

Baglung-Badi3काठमाडौँ, १४ भदौँ । बाढी पहिरो, डुबानजस्ता प्रकृति प्रकोपका घटनामा परेर साउनको पहिलो सातादेखि अहिलेसम्म १ सय ३१ जना को मृत्यु भएको छ । देशका विभिन्न भागमा भएका ती घटनामा २४ जना वेपत्ता छन् भने ६६ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ । व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिको आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री मन्त्री विमलेन्द्र निधिले सोे विवरण प्रस्तुत गरेका छन । निधिका अनुसार, बाढीपहिरोबाट ९ सय ५२ घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने ६ सय ६ वटा घरमा आंशिक क्षति भएको छ । प्राकृतिक प्रकोपमा परी मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाको दरले राहत प्रदान गरिएको गृहमन्त्री निधिले जानकारी दिए ।

१४ भदौ २०७३, मंगलवार १५:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु