लोकमानतन्त्रका विरुद्ध डा.गोविन्द केसी समर्थकसंगै सडकमा
काठमाडौं, ४ भदौ । आफुसंग भएका सहमति कार्यान्वयनको माग गर्दै डा. गोविन्द केसी फेरी सडकमा उत्रेका छन ।
उनले शनिबार आफ्ना समर्थकसंगै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा लेखक खगेन्द्र संग्रौला, नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरी, लेखक जीवन क्षेत्री, विवेकशील पार्टीका अध्यक्ष उज्ज्वल थापा लगायत पनि सहभागी भए ।
समर्थकहरुलाई सम्बोधन गर्दै डा। केसीले मुलुकमा अहिले लोकतन्त्र होइन, लोकमानतन्त्र चलिरहेको बताए । अख्तियार आयुक्त लोकमानसिंह कार्की विरुद्ध उनी पुरै खनिएका थिए । उनले आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न सरकारसंग माग गरेका छन।
४ भदौ २०७३, शनिवार १२:४६ बजे प्रकाशित