चुनावका लागी राप्रपा नेपाललाई कमल थापाको आदेश
काठमाडौँ, ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सांसदहरुका लागि बनाइएको आचार संहिता कडाइका साथ पालना गर्न निर्देशन दिनुभएको छ । पार्टीको संसदीयदलको कार्यलय सिहदर्वारमा आज विहान बसेको संसदीयदलको बैठकमा अध्यक्ष थापाले यस्तो निर्देशन दिनुभएको हो । उहाले संसदमा पनि प्रतिपक्षको रुपमा प्रभावकारी भूमिका निर्वाह सांसदहरुलाई निर्देशन दिनु भएको छ । बैठकमा स्थानीय निकायको निर्वाचनका लागि पार्टीले गर्नुपर्ने तयारी, सरकार गठनपछि पार्टीको भूमिकालगायतका विषयमा छलफल भएको प्रमुख सचेतक दिलानाथ गिरिले जानकारी दिनुभयो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले केहिबेरमा बस्ने बैठकमा स्थानीय निकायको निर्वाचन, पार्टीको आगामी ६ महिनाको कार्ययोजनालगायतका विषयमा छलफल हुने प्रबक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीसंग एकता प्रक्रिया विथोलिएपछी दोस्रो पटक राप्रपाको केन्द्रीय कार्यसम्पदन समितिको बैठक हिजोबाट सुरु भएको हो ।
४ भदौ २०७३, शनिवार १२:४३ बजे प्रकाशित