ब्राजिलका नायक नेयमार, दिलाए पहिलो स्वर्ण

8.vadapt.767.high.38काठमाडौँ, ५ भदौँ । घरेलु मैदानमा फाइनल खेल अतिरिक्त समयमा पुर्याएर विजयी पेनाल्टी गोल गरेपछि ब्राजिलले बर्षौपछि स्वर्ण पदक जितेको छ । यसअघि पेले, रोमारियो, रोनाल्डो समेत ओलम्पिकको फाइनलमा गोल गर्न चुकेका बेला नेयमारले ऐतिहासिक रुपमा ब्राजिललाई स्वर्ण दिलाएका छन । उनी पेलेपछिका विश्व फुटबलमा नयाँ नायक हुन ।

विश्ज विजेता जर्मनीलाई ५–४ ले स्तब्ध पारेको ब्राजिलले दुई बर्षअघि विश्वकपमा व्यहोरेको लज्जास्पद हारको बदला समेत लिएको छ । यो जितमा करिब एक लाख ब्राजिलियन खुशी भए ।

यसअघि ब्राजिलले १९८४, १९८८ र २०१२ मा ओलम्पिकको फाइनल पुगेर पनि स्वर्ण जितेको थिएन ।

५ भदौ २०७३, आइतवार ११:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु