चीन भ्रमण सकेर महरा काठमाडौँ उत्रिए

pkk|wfgdGqL dx/f rLg k|:yfg pkk|wfgdGqL Pjd cy{dGqL s[i0faxfb'/ dx/f k|wfgdGqLsf] ljz]if k|ltlglwsf]?kdf b'O{lbg] rLg e|d0fdf k|:yfg ug]{qmddf cGt/f{li6«o ljdfg:yndf ;f]daf/ laxfg ;~rf/sdL{;Fu s'/f ub}{ . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ, ४ भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दुतका रुपमा चीन भ्रमण सकेर उप्रधान एवम् अर्थमन्त्री कृष्ण बहादुर महरा आज स्वदेश फर्किनएका छन । चिनीयाँ राष्ट्रपति सी जिङ पिङ, प्रधानमन्त्री ली खछ्याङ, परराष्ट्र मन्त्री वाङ यीसहितका उच्च पदस्त अधिकारीहरुसँग भेटवार्ता गरेर फर्किनुभएका उपप्रधानमन्त्री महराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग चीन भ्रमण सफल भएको बताए ।
चीनले यस अघि भएका सम्झौता कार्यन्वयन गर्ने र आगामी दिनमा सहयोगलाइ निरन्तरता दिने बताएको उपप्रधानमन्त्री महराले उल्लेख गर्नुभयो । उहाँले नेपालको नयाँ संविधान र नवगठित सरकारप्रति चीन खुसी रहेको बताए । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे छलफल गरेर टुंगोमा पुग्ने चिनिया पक्षले बताएको उहाँले जानकारी गराउनुभयो । चीनको बेइजिङमा उच्चस्तरीय भेटपछि महरा छेङदु हुदै स्वदेश फर्केका हुन ।

सरकारले उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधि र महरालाई प्रधानमन्त्रीका विशेष दूतका रुपमा भारत र चीन पठाउने निर्णय गरेअनुसार महरा साउन ३१ गते चीन भ्रमणमा जानुभएको थियो भने निधि भदौ २ गते देखि भारत भ्रमणमा छन ।

४ भदौ २०७३, शनिवार १२:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु