‘सरकारी’ माओवादीले कस्ता निर्णय गर्दैछ !
काठमाडौँ, ३ भदौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयको बैठक जारी छ । लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निजी निवासमा जारी बैठकमा समसामयीक राजनीतिक विषयबस्तुबारे छलफल भइरहेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । आजको बैठकमा सरकारको कामकारबाहीलाइ प्रभावकारी बनाउने, सरकार गठन गर्ने क्रममा मधेसी मोर्चासँग भएको सहमति कार्यान्वयन गर्नेबारे छलफल भइरहेको जनाइएको छ ।
विशेषगरी मधेसी मोर्चासहितको संघिय गठबन्धनका माग संविधान संसोधन गरेर समाधान गर्ने भनिएपनि संविधान संसोधनप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तयार देखिदैन । यो अवस्थामा संविधान संसोधनबारे दलहरुबिच सहमति कसरी जुटाउने भन्नेबारे माओवादी केन्द्रको केन्द्रिय कार्यालयको बैठकमा छलफल भइरहेको छ । साथै पार्टीभित्रको आन्तरिक बिषयमा पनि छलफल हुने माओवादी केन्द्र स्रोतले जनाएको छ । यसअघि हिजोमात्र बसेको केन्द्रिय कार्यालयको बैठकले सरकार सञ्चालनमा पार्टी नेतृत्व व्यस्त हुनुपर्ने भएकाले आगामी पुस २३ गते हुने भनिएको एकता महाधिवेसन स्थगित गरेको छ ।
४ भदौ २०७३, शनिवार १२:३१ बजे प्रकाशित