उप–प्रधामन्त्री निधि भारत प्रस्थान !

NC-Bimalendra-Nidhiकाठमाडौँ, २ भदौँ । प्रधानमन्त्रीका विशेष दुतका रुपमा उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आज भारत प्रस्थान गर्नुभएको छ । अपराह्न जेट एयरको विमान मार्फत उहाँ भारतको नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएको हो । नेपालको विकसित राजनीतिक परिस्थितबारे जानकारी गराउन तथा आपसी सम्बन्ध सुधारको प्रयास गर्न भन्दै सरकारले उप–प्रधानमन्त्री निधीलाई प्रधानमन्त्रीका विशेष दूतका रुपमा भारत पठाउने निर्णय केहीदिनअघि गरेको थियो ।

उपप्रधानमन्त्री निधिले भारतका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराजसँग भेट्ने कार्यक्रम तय भएको परराष्ट मन्त्रालयले जनाएको छ । भदौ अन्तिम साता प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण गराउने विषयमा निधिले भारतीय उच्च अधिकारीसंग छलफल गर्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् । भारतीय राष्ट्रपति मुखर्जीलाई नयाँ संविधान जारी भएको बार्षिकोत्सव अर्थात असोज ३ का अवसरमा नेपाल भ्रमणमा ल्याउने गरी निधिले छलफल गर्नुहुने बताइएको छ । यस्तै उहाँले गत वैशाखमा स्थगित गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणबारे पनि कुराकानी गर्नुहुने छ ।

२ भदौ २०७३, बिहीवार १२:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु