साझा बस थप्न प्रधानमन्त्री दिक्षितको शरणमा
काठमाडौँ, २ भदौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकामा ३० ओटा साझा बस थप्न आग्रह गर्नुभएको छ । आज बिहान साझा बसका कायम मुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेसँग बसको संख्या थप्नेबारे छलफल गर्नुभएको हो । भेटमा प्रधानमन्त्रीले उपत्यकामा आवातजावतका लागि जनताले दुख पाइरहेकाल जनतालाई राहतको अनुभूति दिन तथा काठमाडौंको ट्राफिक जामलाई मध्यनजर गरी साझा बस थप्नेबारेमा छलफल भएको उहाँको निजि सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले सम्वद्ध पक्षहरुसँग छलफल र गृहकार्य गरेर कम्तिमा तीस वटा साझा बस थप्न आवश्यक रहेकोमा कामु निर्देशकको ध्यानाकर्षण गराउनुभएको थियो । भेटमा निर्देशक पाण्डेले प्रधानमन्त्रीको चासो निकै महत्वपूर्ण रहेको भन्दै आवश्यक गृहकार्य गरेर निष्कर्षमा पुग्ने बताउनुभयो ।
२ भदौ २०७३, बिहीवार १२:४४ बजे प्रकाशित