प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जानुपर्छ : बाबुराम भट्टराई
काठमाडौँ, ३१ साउन । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले संविधान संसोधन गर्दै प्रत्यक्ष निर्वा्चित राष्ट्रपतिय प्रणालीमा जानुपर्ने बताएका छन । तनहुँको दमौलीमा आज आयोजीत पत्रकार सम्मेलनमा उहाँले अहिले बनेको संविधान त्रुटिपूर्ण रहेकाले सच्चाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको म्यादि सरकारले काम गर्न कठीन पर्ने भन्दै उनले एउटा सरकारले कम्तिमा पाँच वर्ष शासन गर्न पाउने प्रावधान हुनुपर्ने माग गरे ।
म्यादि सरकारमा कर्मचारीतन्त्र बढि हुने हँदा सोचेअनुरुप काम गर्न नसकिने उनको भनाई थियो । उनले सीमाङ्कनको विषयमा असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्न सरकारले संविधान संसोधन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
३१ साउन २०७३, सोमवार ११:५४ बजे प्रकाशित