सुर्खेतमा ‘नेल्टा इन स्कुल’ अभियान तिब्र
सुर्खेत , ३१ साउन । नेपाल अँग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतले थालनी गरेको हरेक विद्यालयमा नेल्टा भन्ने मूल नाराका साथ सुरुवात गरिएको नेल्टा इन स्कुल अभियान तिब्र रुपमा विस्तार भइरहेको छ । नेल्टाको प्रारम्भिक चरणको कार्यक्रम अन्तर्गत सुर्खेत जिल्लाका सबै सामुदायिक र निजि विद्यालयहरूमा नेल्टा क्लव गठन प्रक्रियालाई भदौ मसान्तसम्म सम्पन्न गर्ने उद्धेश्यसहित अभियान अगाडी बढाइएको हो ।
भदौको अन्तिमसम्म फोकल पर्सनहरूको जिल्ला स्तरीय भेला सम्पन्न गर्ने नेल्टा क्लबहरूको जिल्ला स्तरीय भेला दशैँ विदा अघि नै सम्पन्न गर्ने गरी कार्ययोजना बनाइएको नेल्टा सुर्खेतका अध्यक्ष विष्णु कुमार खड्काले जानकारी दिए ।
नेल्टा सुर्खेतको उक्त अभियान अन्तर्गत सुर्खेत जिल्लाका ५० भन्दा बढी सामुदायिक र निजि विद्यालयमा नेल्टा क्लबहरू गठन गरिसकिएको र अब बाँकी रहेका विद्यालयहरूमा तिब्रताका साथ निरन्तरता दिने अध्यक्ष खड्काले जानकारी दिए । यसै विच विभिन्न सामुदायिक र निजि विद्यालयहरूमा नेल्टा क्लव गठन भएका छन् । पश्चिम सुर्खेतको श्री जनता उमावि विध्यापुरमा जनता नेल्टा क्लव गठन गरिएको छ जसको अध्यक्षमा नारायणराज घिमिरे, उपाध्यक्षमा अमृत घिमिरे, सचिवमा डोल्मा पौड्याल, सह(सचिवमा कृष्ण सापकोटा, कोषध्यक्षमा बिमल घिमिरे र सदस्यहरूमा दिपेन्द्र राक बि।क।, रचना घिमिरे, परवन सापकोटा र करिश्मा सापकोटा रहेका छन् भने नेल्टाको फोकल पर्सनको रुपमा तिर्थ राज पौड्याल रहेका छन् र त्यसैगरी सल्हाकारको रुपमा मोतीराम जोशी, नवराज घिमिरे, चक्रपाणि सापकोटा, देवप्रकाश सापकोटा र खगेन्द्रप्रसाद पौड्याल रहेका छन् । त्यसै गरी बुलबुले भेरी एकेडेमी, तातापानी, सुर्खेतमा बुलबुले भेरी नेल्टा क्लबको गठन गरिएको छ जसको अध्यक्षमा बसन्त थापा, उपाध्यक्षमा नीतिम भण्डारी, सचिवमा अन्जली रोकाय, सह(सचिवमा शिशिर थापा, कोषध्यक्षमा उषा शाही र सदस्यहरूमा भावना पौडेल,सुप्रिया रिजाल, अस्मिता शाही, चन्द्र पोखरेल, एभरेस्ट पौडेल, शृष्टि आचार्य र पुर्णिमा खड्का रहेका छन् भने नेल्टाको फोकल पर्सनको रूपमा हर्कदेव अधिकारी र सलाहकारको रूपमा राजु रोकाय रहेका छन् ।
कोपिला भ्याली स्कुलमा पनि नेल्टा सुर्खेतका अध्यक्ष विष्णु कुमार खड्का, सहसचिव रेशम विष्ट, सल्हाकार राम बहादुर शाही, बिमल नेपाली र वासुदेव कार्कीको उपस्थितिमा नेल्टा क्लब गठन गरिएको छ जसको अध्यक्षमा अर्जुन तिवारी, उपाध्यक्षमा मंजिला वि.सी. सचिवमा कृष्ण बोगटी, सह सचिवमा एलिजा पुरी, कोषध्यक्षमा रोशन बुढा र सदस्यहरूमा झरना विसी, दिपक मल्ल, सागर सुनार, कल्पना सिंह, सविता शाही र विकास खड्का रहेका छन् भने फोकल पर्सनको रुपमा मनोज कुरेल र सल्लहाकारको रुपमा टोपबहादुर मल्ल, नेइम चौधरी र मिन बहादुर शाही र संरक्षकको रूपमा म्यागी डोयन रहेका छन् ।
यसरी नै भ्याली मेरेडियन स्कुलमा पनि नेल्टा क्लब गठन गरिएको छ ।जसको अध्यक्षमा कृष्ण खड्का, उपाध्यक्षमा सागर सिंखडा, सचिवमा भुवन वोहरा, सह–सचिव राजन शाही, कोषध्यक्ष सुनिता पुन, सह(कोषाध्यक्ष विशाल खड्का र सदस्यहरूमा जीवन शर्मा, सङ्गम गिरी, शुष्मा चौधरी, दिक्षा दर्लामी, मनिषा शाही, चन्द्रा मास्की मगर र हिमाल अधिकारी रहेका छन भने फोकल पर्सनको रुपमा नारायण शर्मा, सल्हाकारको रूपमा पदम प्रसाद पाण्डे र मन बहादुर आसा र संरक्षकको रुपमा पदम बहादुर खड्का रहेका छन् । नेल्टा सुर्खेतका अध्यक्ष विष्णु कुमार खड्काको उपस्थितिमा इलाइट नेल्टा क्लब गठन गरिएको छ जसको अध्यक्षमा मनिषा शाही, उपाध्यक्षमा सुरज शाह, सचिवमा अभिशेख पौड्याल, सह(सचिवमा निरक अधिकारी, कोषाध्यक्षमा निशान्त वि।सी। र सदस्यहरूमा डिल्लीरमण खड्का, सुमन वस्नेत, मनिष मल्ल, कृष्णा नेपाली, सोनी थापा र रेशम कुमार थापा रहेका छन् भने नेल्टाको फोकल पर्सनको रुपमा नृप बिस्ट, सल्लहाकारको रुपमा दिपेस निरौला र संरक्षकको रूपमा डिल्ली निरौला रहेका छन् ।
३१ साउन २०७३, सोमवार १२:३५ बजे प्रकाशित