नेदरल्याण्ड्ससामु २ सय १८ रनको लक्ष्य प्रस्तुत

59961काठमाडौँ, ३१ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको दोश्रो खेलमा नेपाल विजयी भएको छ । २ सय १८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सलाई ४८ दशमलव ३ ओभरमै समेटेपछि नेपाल विजयी भएको हो । नेपालका लागी पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले समान २ तथा शक्ति गौचन, सागर पुन, सन्दीप लामिछानेले समान १ विकेट लिए । यसअघि नेपालले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय १७ रन जोडेको थियो । असअघि  टस हारेर पहिले व्याटिङ थालेको नेपालले कप्तान पारस खड्काको अर्धशतकको मद्धतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । नेपालका लागी कप्तान पारस खड्काले उत्कृष्ट पारी खेल्दै अर्धशतकसहित ८४ रनको योगदान दिए । ९४ बलको सामना गरेका पारसले १ छक्का र ७ चौकाको मद्धतमा ८४ रन बनाएर आउट भएका थिए । यस्तै पारसपछि सागर पुनले ४५ रन बनाए । अर्धशतक नजिक पुगेका सागरले ७८ बलमा दुई चौकाको मद्धतमा ४५ रन बनाएका हुन ।

सागर र पारस क्रिजमा आउनुअघि नेपालको इनिङ ज्ञानेन्द्र मल्लले उकासेका थिए । उनले १ छक्का र १ चौकाको मद्धतमा ३९ रन बनाए भने आक्रामक व्याटिङ गरेका विनोद भण्डारीले २ छक्काको मद्धतमा १४ बलमा १७ रन बनाए । यस्तै अनिल मण्डलले ४, शरद भेषावाकरले ६, सोमपाल कामीले २, बसन्त रेग्मीले ४ रन बनाए भने सन्दीप लामिछाने २ र शक्ति गौचन ३ रनमा नटआउट रहे । नेदरल्याण्डसका माइकल रिपनले सर्वाधिक ४ तथा पिटर सिलरले २ विकेट लिए ।
अहिले नेपालले दिएको लक्ष्य पछ्याउँदै नेदरल्याण्डसले जवाफी व्याटिङ गरिरहेको छ । अस्ति शनिबार भएको पहिलो खेलमा ७ विकेटले पराजित भएको नेपाल आज जित्नैपर्ने दबाबका साथ खेलिरहेको छ। ८ राष्ट्र सम्मिलित विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल अहिले ४ अंकसहित छैटौं स्थानमा छ । ७ खेलबाट १२ अंक जोडेको नेदरल्याण्ड्स लिग तालिकाको शिर्ष स्थानमा छ । नेपालले अहिलेसम्म नामिवियालाई मात्रै हराउन सकेको छ भने स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भएको छ । नेदरल्याण्ड्ससंग आजको खेल पछि नेपालले केन्या, हङकङ र युएईसँग खेल्नेछ ।

३१ साउन २०७३, सोमवार १३:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु