उपप्रधानमन्त्री महरा चीन प्रस्थान, चिनिया राष्ट्रपतिलाई भेट्ने

Krishna_Bdr_Maharaकाठमाडौँ, ३१ साउन । उप–प्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा प्रधानमन्त्रीको विशेष दूतका रूपमा आज उत्तरी छिमेकी राष्ट्र चीनतर्फ प्रस्थान गरेका छन । उपप्रधानमन्त्री महरा र मन्त्रालयका सहसचिव झविन्द्र अर्याल बिहान ११ बजे चाइना एयरमार्पmत चीनको बेइजिङतर्फ प्रस्थान गर्नुभएको हो । उहाँहरु छेन्दु हुँदै चीनको राजधानी बेइजिङ पुग्नेछन । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा आफ्ना चिनियाँ समकक्षी सी जीनपीङलाई नेपाल भ्रमणका लागि पठाइएको निमन्त्रणापत्र विशेष दूत महराले चीन सरकारलाई हस्तान्तरण गर्नेछन ।

त्यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका प्रधानमन्त्री लि खछ्याङलाई नेपाल भ्रमण गर्न सम्प्रेषण गरेको आमन्त्रणपत्र पनि मन्त्री महराले सम्बन्धित अधिकारीलाई हस्तान्तरण गर्नेछन । भ्रमणका क्रममा चीनियाँ अधिकारीहरुसंग पारस्परिक सम्बन्ध सुदृढीकरणका साथै विगतमा भएका आपसी सन्धी सम्झौताबारे पनि परामर्श हुने पराष्ट्र सचिव शंकरदास वैरागीले जानकारी दिए ।

मन्त्री महरा भदौ ३ गते स्वदेश फर्कने छन । गएको विहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुई छिमेकी देश भारत र चीनसँगको सम्बन्ध अझ प्रगाढ र सुमधुर बनाउने उद्देश्यले दुई उपप्रधानमन्त्रीलाई भारत र चीन पठाउने निर्णय गरेको थियो । अर्का उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्री दाहालकै विशेष दुतका रुपमा भारत जाने भनेपनि मिति तय भइसकेको छैन ।

३१ साउन २०७३, सोमवार ११:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु