भारतको एकाधिकार चिनियाँ कम्पनी सीजिजीसीले तोड्दै
काठमाडौँ – नेपालको विकासमा सहयोगी बन्दै आएको चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेशन (सीजीजीसी) ले ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको सिभिल निर्माण कार्यको ९६ प्रतिशत कार्य सम्पन्न भएको बताएको छ । आइतबार कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै पहिले पूर्वानुमान समेत नगरिएको सुरुङ्ग साँघुरिने प्रक्रियाको समुचित उपचार खोज्न र त्यसमा लागेको निर्माण सामाग्री र दक्ष जनशक्तिको पारिश्रमिक भुक्तानीको विषय अड्किन गएकाले यो आयोजना सम्पन्न हुन समय लागेकोे कम्पनीले जनाएको हो । सीजिजीसिको यो कामसंगै भारतको एकाधिर अब तोडिदै जाने भएको छ ।
त्यस्तै, इपीसी करार भएको माथिल्लो त्रिशुली–३ ए को समग्र निर्माण कार्य ६५ प्रतिशत पुगिसकेको समयमा २०७२ बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले पहुँच मार्गमा गम्भीर क्षति पु¥याएकाले काममा अवरोध सिर्जना भएको उक्त कम्पनीले जनाएको छ । चीन सरकारको सहुलियत प्राप्त कर्जामा निर्माणाधीन यस आयोजनाको भूकम्पले पु¥याएको क्षतिको पुनर्निर्माणका विषयमा दुवै देशका जिम्मेवार निकायहरुबीचमा सहमति भइसकेकोले अब छिट्टै निर्माण कार्य सुचारु हुने कम्पनीले जनाएको छ ।
लामो समयसम्को सशस्त्र द्वन्द्वकाल तथा भूकम्प जस्ता प्राकृतिक प्रकोपमा समेत सीजीजीसी नेपालीहरुको विकास प्रतिको चाहना साकार पार्न आयोजना स्थल नछाडी कार्यरत रहँदै आएको छ । सीजीजीसीले हालै नेपाल सरकार र नेपाली नागरिकको विकासको आशा बनेको १२०० मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी आयोजना निर्माणमा आफ्नो इच्छा प्रकट गरेको छ । आफूमा रहेको प्राविधिक र आर्थिक क्षमताका आधारमा चीन र अन्य मुलुकमा पूर्वाधार निर्माण गरी नेपालको आर्थिक विकास र समृद्धिमा सहयोगी हुने आफ्नो चाहना रहेको कम्पनीले जनाएको छ । २०७२ बैशाख १२ मा नेपालमा गएको विनासकारी महाभूकम्प प्रभावितलाई प्रधानमन्त्री दैविप्रकोप उद्धार तथा राहतकोष मार्पmत यस कम्पनीले एकमुष्ठ दुई करोड रुपैयाँ सहयोग प्रदान गरेको थियो ।
प्रकाशित मिति २०७३ साउन ३१ गते ।
३१ साउन २०७३, सोमवार १०:५२ बजे प्रकाशित