श्रमिक दिवसः प्राप्त अधिकारको रक्षा गरौँ बाँकीका लागि संघर्ष
काठमाण्डौँ । बिभिन्न राजनितिक दलका नेताहरुले १ सय २७ औ अन्तर्राष्ट्रिय श्रमीक दिवस अवशरमा प्राप्त अधिकारको रक्षा गर्न बाँकीका अधिकारका लागि संघर्षमा उत्रन आब्हान गरेका छन । नेपालको संविधानले वर्ग संघर्षको मुद्दा समाप्त गरिदिएको उनीहश्रको अर्को तर्क छ । एकिकृत माओवादी निकट अखिल नेपाल ट्रेड युनियनले राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट संविधान जारी हुनु नै मुख्य उपलब्धी भएको बताए । आफुहरुले शसस्त्र युद्धका बेला मजदुरसंग गरेका सबै प्रतिवद्धताहरु संवोधन गर्न नसकिएको दाहालको स्विकारोक्ती छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जर्मकटेलले आफुहरुले माग गर्दै आएको बिभिन्न मागहरुमध्य श्रम आगोगको गठन र राज्यका निति निमार्ण तहमा मजदुरहरुको १० प्रतिशत सहभागिताका सुनिश्चित हुन नसकेको उल्लेख गरे । यसैगरी दिवसका अवसरमा एमाले निकट नेपाल ट्रेड युनियनले राजधानीकै भृकुटीमण्डपमा गरेको कार्यक्रममा महासचिव ईश्वर पोखरेलले राजनीतिक अधिकार प्राप्तिसँगै मुलुक नयाँ चरणमा प्रवेश गरेको बताए । अब गरिबी निवारण तथा बिदेसिन बाध्य ४० लाख नेपालीलाई रोजगारी उपलब्ध गराउने चुनौती रहेको उनको भनाई छ ।
जिफन्टका अध्यक्ष तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले अब सबै मजदुर मिलेर देशमा आर्थिक तथा उत्पादकीय क्षेत्रमा सङ्घर्ष गर्नुपर्ने बताए । जिफन्टका पूर्वमहासचिव उमेश उपाध्यायले देशमा आर्थिक उत्पादन वृद्धितर्फ राजनीतिक दलका नेताहरुको ध्यान जानुपर्ने आवशयक्ता औँल्याए ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा आज विश्वभर श्रमीक दिवस दिवस मनाइएको छ ।
१९ वैशाख २०७३, आइतवार १५:१२ बजे प्रकाशित