आफ्नो फोहोर आफैँ ब्यवस्थापन गरौँ

13046341_896920617096898_1295080338_nकाठमाण्ठौँ । पछिल्लो समय राजधानी काठमाण्डौँको सरसफाईमा चासो राख्नेसंगै फोहोर ब्यवस्थापनमा ध्यान दिनेहरु बढ्न थालेका छन । बिभिन्न संघसंस्थाको सहकार्यमा वाग्मती सफाइको एक सय ५५ औँ हप्ता चलिरहेका बेला नयाँ संस्थाहरुको पनि साथ बढ्दो छ ।
वाग्मती सफाइ अभियान अन्र्तगत आज काठमाण्डौँको मनोहरा दोभानमा सफाइ चलिरहँदा आज बिहान कलङ्की आसपासमा पनि युवाहरुको एक हुल सडक आसपासका फोहोर उठाएर काठमाण्डौँ महानगरपालिकोको गाडीमा राखिरहेका थिए ।
किर्तिपुर नगरपालिका २ स्थित मैत्रिनगरका युवाहरु आभार नेपाल नाम दिएर उनीहरु सडकआपासको सरसफाईमा जुटेका हुन । सार्वजनिक स्थलको फोहोर ब्यवस्थापनको जिम्मा काठमाण्डौँ महानगरपालिकाको हो तर युवाहरु भन्दै थिए आफ्नो फोहोर आफैँ ब्यवस्थापन गर्नुपर्छ भन्ने नैतिक शिक्षा दिन सकिए सरकारले फोहोर ब्यवस्थापनकै लागि छुट्याउने बजेट अन्यत्रै लगाउन सकिन्थ्यो ।
‘हामी सबैलाई आग्रह गर्छौँ अभियानमा सहभागी बनौ सफा शहर बनाऔँ’ अभियानमा सहभागी मितेश बस्नेतले भने ‘आफुहरुको मिसन पुरा नभएसम्म अभियान हरेक शनिवार चलिरहनेछ ।’ खसि बजार देखी चक्रपथ सम्मको सफाइमा आज करिव २० जना युवाहरु खटिएका थिए ।

१८ वैशाख २०७३, शनिवार १५:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु