ह्यारी अझै एक हप्ता नेपालमै रहने
काठमाडौं, १० चैत । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारी अझै एक हप्ता नेपालमै रहने भएका छन । बुधबार नेपाल स्थित बेलायती दूताबासमा आयोजित कार्यक्रममा हृयारीले भने, ‘म तत्काल नेपाल छाड्दै छैन । टिम रुविकनसँग छ दिन विकट गाउँमा विताउनेछु ।’
उनले अब आउने हप्ता मध्ये नेपालको भूकम्प प्रभावित हिमाली क्षेत्रमा स्वयंसेवकको रुपमा गई स्थानिय समुदायलाई उनीहरुको विद्यालय मर्मत र पुनर्निर्माणमा सहयोग गर्ने बताए । बेलायती राजकुमार हृयारी चैत ६ गते नेपाल आएका हुन ।
१० चैत २०७२, बुधवार १६:११ बजे प्रकाशित