नेपाल र चीनद्वारा संयुक्त विज्ञप्ति जारी, नयाँ संविधानको स्वागत
काठमाडौं, १० चैत । छिमेकी मुलुक चिनले नेपालको संविधानको स्वागत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा बुधबार जारी संयुक्त विज्ञप्तिमा नेपालको नयाँ संविधानको स्वागत गरिएको छ । यसलाई नेपालले राजनीतिक स्थिरता र आर्थिक विकासका लागि अवसरका रुपमा सदुपयोग गर्न सकोस् भन्ने चीनले भनेको छ ।
नेपाल र चिन बिचमा पेट्रोलियम पदार्थ आयात गर्ने सम्वन्धी सम्झौतालाई जतीसक्दो छिटो टुंगोमा पु¥याउने सहमति पनि भएको छ ।
१५ बुंदे संयुक्त वक्तव्यको ८ नम्बर बुंदामा इन्धनको व्यापारिक खरिदको सम्झौतालाई टुंगोमा पुयाउने मूल्य, कर, गुणस्तर नियन्त्रण, आपूर्तिबारे परामर्श तीव्र पार्न मातहतका निकायलाई प्रोत्साहन गर्ने भनिएको छ । भारतीय सीमा नाकामा केहीसमय अघिको अवरोधपछि चीनसंग इन्धन खरिद सम्झौता गर्न सरकारमाथि तीव्र घरेलु दबाब थियो । विज्ञप्तीमा रेलसेवा विस्तार, तेल भण्डारणस्थल बनाउन चिनियां सहयोगदेखि लिएर सौर्य बत्ती उपलब्ध गराउने लगायतका बिषय पनि समेटिएका छन । ओलीको भ्रमण क्रममा भएका यसअघि भएका १० बुँदे सम्झौता लगायतका उपलब्धि समेटेर संयुक्त बिज्ञप्ती निकाललिएको हो ।
१० चैत २०७२, बुधवार १६:०२ बजे प्रकाशित