आज विश्व क्षयरोग दिवस
काठमाडौं, ११ चैत । बिहिवार नेपाल सहितविश्वभर विश्व क्षयरोग दिवस मनाईँदैछ । प्रत्येक बर्ष मार्च २४ का दिन अन्तर्रा्ष्ट्रियस्तरमा क्षयरोग दिवस मनाउने गरिएको छ ।
नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रमहरु गरी यो दिवस मनाइँदै आएको छ । नेपालमा भने नेपाल क्षयरोग निवारण केन्द्र स्थापना भएको अवसर पारेर छुट्टै दिवस मनाउने गरिन्छ । नेपालमा क्षयरोग विरुद्ध जनचेतना जगाउने र उपचार सेवामा सहयोग र्पुयाउने उद्देश्यले नेपाल क्षयरोग निवारण संस्था विधिवत् रुपमा स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ ।माईकोब्याक्टेरियम ट्युबरक्लोसिस (Mycobacterium tuberculosis)नामको ब्याक्टेरियाका कारण लाग्ने भएकोले यसलाई अंग्रेजीमा ट्युबरक्लोसिस र त्यसको छोटकरीमा टिवि भनिन्छ । जर्मनीका चिकित्सक रोबर्ट कुकले सन् १८८२ मार्च २४ तारिखमा क्षयरोगको किटाणु पत्ता लगाएका थिए । जीवाणु पत्ता लागेको एकसय बर्षपछि विश्व स्वास्थ्य संगठन र छातिरोग तथा क्षयरोग विरुद्धको अन्तर्रा्ष्ट्रिय संस्थाको पहल कदमिमा यो दिवस मनाइदै आएको हो । त्यसयता प्रत्येक बर्ष मार्च २४ लाई विशेष सम्झना गर्दै क्षयरोग दिवस नियमित रुपमा मनाउन थालिएको हो ।
नेपालमा हरेक बर्ष ५ देखि ७ हजारजना मानिसको क्षयरोगका कारण मृत्यू हुने गरेको सरकारी तथ्यांक छ ।
११ चैत २०७२, बिहीवार ०६:०८ बजे प्रकाशित