क्षयरोग न्यूनीकरणका लागि ‘ककस’ निर्माण

Captureकाठमाडौँ, ११ चैत । क्षयरोग न्यूनीकरणका लागि सांसद शेरबहादुर तामाङको संयोजकत्वमा सात सदस् ‘ककस’ निर्माण गरिएको छ । विश्व क्षयरोग दिवसका अवसरमा ‘भोलिन्टियर फर डेभलपमेन्ट नेपाल’ नामक सामाजिक संस्थाको अग्रसरतामा विभिन्न राजनीतिक दलका नेताको सहभागितामा ककस निर्माण गरिएको हो । संसदहरु अइन्द्रसुन्दर नेम्बाङ, शत्रुधन महतो, रीता शाही, योगेन्द्र घिसिङ, कमलाकुमारी घिमिरे तथा पूर्व सांसद उषाकला राई ककसमा सदस्य छन ।
ककसका संयोजक सांसद तामाङले विश्वमा नियन्त्रण भइसकेको रोगलाई नेपालमा पनि न्यूनीकरण गर्न सम्बन्धित पक्षसँग छलफल तथा सरकारसँग समन्वय गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भोलिन्टियर फर डेभलपमेन्ट नेपालका कार्यकारी निर्देशक वसन्त पराजुलीले प्रत्येक वर्ष नेपालमा पाँचदेखि सात हजार बिरामी सो रोगबाट मर्ने गरेको जानकारी दिए ।
पत्रकार नेहा शर्माले  क्षयरोगलाई न्यूनीकरण गर्न सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए ।

११ चैत २०७२, बिहीवार ०६:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु