नेपाल चिन र भारतसंग साझेदारी गर्दै आर्थिक लाभ लिन चाहन्छ : प्रम ओली

pmप्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनसँग परिणामुखी साझेदारी चाहेको बताएका छन ।  नेपाल दुई विकसित छिमेकी भारत र चीन सँग परिणाममुखी साझेदारी गर्न चाहन्छ सोमवार नयाँ दिल्लीस्थित विश्व मामिला सम्बन्धी भारतीय परिषदलाई सम्बोधन गर्दै ओलीले भने दुई देशको तिव्र आर्थिक विकासबाट लाभ लिनेगरी नेपाल अघि बढ्नेछ ।
सबै समुदाय र पक्षसँग छलफल गरेर संविधान बनाएको भन्दै उनले यसमा ९० प्रतिशतको हस्ताक्षर रहेको उल्लेख गरे ।
उप–प्रधान तथा परराष्ट्मन्त्री कमल थापाले संविधानमा आफ्नो पार्टीले समेत केही विषयमा फरक मत राखेर दुई तिहाइले पारित गराएको बताए ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले जारी संविधानको स्वागत गरिन । उनले संविधान बनाउन नेपालले देखाएको परिपक्वताको स्वागत मात्र गरिनन बधाई पनि दिइन ।

१० फागुन २०७२, सोमवार ०७:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु