आज ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौँ, ७ फागुन । आज नेपालको ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गर्दै मनाइँदै छ ।
२००७ फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष प्रजातन्त्र मानाईने गरिन्छ ।
१०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै राजा त्रिभुवनले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गरेका थिए ।
राजा त्रिभुवनको घोषणा पछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।
प्रजातन्त्रको स्थापनाका लािग शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।
प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष टुडिँखेलमा ओपचारिक कार्यक्रमको आयोजना गर्दैर् आएको छ । आज पनि टुडिँखेलमा एक कार्यक्रमको आयोजना गरिएको छ ।
७ फागुन २०७२, शुक्रवार ०२:५४ बजे प्रकाशित