प्रधानमन्त्री ओलीलाई दिल्लीमा विदेशमन्त्रीको स्वागत

kp

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका क्रममा आज दिल्ली पुगेका छन ।  प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् ।
ओली ४६ सदस्यीय सरकारी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साढे ३ बजे काठमाडौंबाट दिल्ली प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओली विमानस्थलबाट सोझै राष्ट्रपति भवनमा गएका छन । जहाँ उनीसहित १७ जनाको बासको व्यवस्था गरिएको छ ।  भ्रमण टोलीका अन्य सदस्य भने होटलमा बस्नेछन् ।
भ्रमणमा पछिल्लो समय सम्बन्धमा आएको तिक्तताको अन्त्य र द्विपक्षीय विकासबारे छलफल हुनेछ ।
विगतमा सहमति भएका परियोजना र पूरा हुन बाँकी हुलाकी राजमार्गबारे पनि छलफल हुने बताइएको छ ।
त्यस्तै, पञ्चेश्वर आयोजनाबारे पनि छलफल गर्ने कार्यक्रम छ ।
भ्रमणको दोस्रो दिन भोली शनिबार महत्वपूर्ण भेटघाटहरु हुनेछन् । बिहान १० बजे उनी राष्टपति भवनमा पुग्ने छन् ।  त्यसपछि उनी राजघाटमा महात्मा गान्धिको समाधिस्थलमा पुगेर पुष्पगुच्छा चढाउनेछन् । त्यहाँबाट फर्केर राष्टपति निवासमा उनको भारतीय परराष्ट्रमन्त्री सुश्मा स्वराज सित भेटघाट हुनेछ । त्यसपछि उनले हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । वार्ता सकिएपछि दुई नेताले संयुक्त पत्रकार सम्मेलनमा प्रस्तुत हुनेछन् । सोहि दिन राष्ट्रपति निवासमा भारतीय गृहमन्त्री राजनाथ सिंह र वित्त मन्त्रीसँग नेपाली समकक्षीले भेट्नेछन् ।  बेलुकी सात बजे प्रधानमन्त्रीले भारतीय राष्ट्रपति मुखर्जिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

७ फागुन २०७२, शुक्रवार १४:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु