विष सेवनबाट महिलाको मृत्यु

उदयपुर, २८ माघ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१५ राजाबास बस्ने वर्ष ६० की पानामती दनुवारले आज विष सेवन गरेपछि जिल्ला अस्पताल उदयपुरमा उपचार गराउने क्रममा अपराह्न ३ बजे उनको मृत्यु भएको छ ।

बिहान घरमा श्रीमान्सँग केही विवाद भएपछि विष सेवन गरेकी दनुवारको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले बताए ।

रासस

२८ माघ २०७२, बिहीवार १३:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु