‘हिरा मोती सुन फल्छ’ (भिडियो सहित)

काठमाण्डौ । बैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरुको भाव व्यक्त गिति एल्बम ‘हिरा मोती सुन फल्छ’ बजारमा आएको छ ।
रोजगारीको शिलशिलामा जापानमा रहेका बागलुङका दिपक कँडेलले नेपाली युवाहरुले विदेशमा भोग्नु परेको नियतीको अत्य गर्नुपर्ने भाव सहितको गिति एल्बम बजारमा ल्याएका हुन ।
विदेश नजाँउ स्वदेशमै केहि गरौ भन्ने भाव व्यक्त गितमा कुलेन्द्र विश्वकर्मा र कृष्ण परियारले आवाज दिएका छन ।
दिपक कँडेलको शब्दमा सञ्चारकर्मी कृष्ण आचार्यले लय दिएका छन ।
सिर्जन बरालद्धारा निर्देिशत गीतको म्युजिक भिडियोमा सुवास कँडेल, कृष्ण आचार्य ,निरुता सिँह ठकुरी र स्मारीका कँडेलले अभिनय गरेका छन ।
भिडियो
https://www.youtube.com/watch?v=O5O7cvT3EgQ#sthash.RgBT3hgJ.dpuf
२७ माघ २०७२, बुधवार ०६:५९ बजे प्रकाशित