सुरेन्द्र महर्जनको गीती एल्बम ‘अमर २’ सार्वजनिक

ujyaaदेशमा पाचँ महिनाभन्दा लामो समयदेखि चल्दै आएको भारतीय नाकाबन्दी र लोडसेडिङका बीचमा पनि गायक तथा साहित्यकार सुरेन्द्र महर्जनले आफ्नो गीती एल्बम ‘अमर २’ सार्वजनिक गरेका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले एल्बमको विमोचन गरे ।
नाकाबन्दीले गर्दा भ्रष्टाचार र कालोबजारी मौलाएका बेला उनले सच्चा नेपालीको वास्तविक पहिचान राष्ट्रिय स्वाभिमान समेटेर गीत सार्वजनिक गरेका हुन् ।
‘नेपाली एक बनौँ, आउँछ अटुट नाता, चार भञ्ज्याङ हाम्रै हो, गाउँछौँ देशको गाथा’ बोलको गीती एल्बम उनले बजारमा ल्याएका हुन् ।
राम कार्कीको संगीत र सुरेन्द्र महर्जनका शब्द तथा स्वरमा सार्वजनिक भिडियोको निर्देशन सरोज श्रेष्ठले गरेका हुन् ।
विमोचनमा गायक तथा साहित्यकार महर्जनले देशको अवस्थाले आफुलाई निकै पिरोलेको विचार व्यक्त गरे । मुलुकमा नाकाबन्दी चल्दा कालोबजारी मौलाएको प्रति गुनासो व्यक्त गर्दै उनले सोही समयलाई स्वाभिमानी र राष्ट्रियतालाई थप बलियो बनाउन आफुले गीत बजारमा ल्याएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथी शान्तिप्रियले प्राकृतिक प्रकोप र छिमेकी मुलुकको नाकाबन्दीले देश संकटमा हुँदा महर्जनको रुचि र संगीत तथा गीतले राष्ट्रिय स्थान पाउने दाबी गरे ।
‘भाग्य’ एल्बमबाट चर्चा कमाएका महर्जनले गत साउनमा गीती संग्रह ‘अमर’ सार्वजनिक गरेका थिए ।
केही महिनाअघि मात्र चारओटी गीतका भिडियो एकैपटक सार्वजनिक गरेका गायक तथा साहित्यकार महर्जनले पछिल्लो समय भाषणमा सिमित राष्ट्रियतालाई गीती एल्बमबाट आम दर्शकमाझँमा ल्याउदै आएका छन् ।
कार्यक्रम शुभयात्रा म्युजिक प्रालीका प्रमुख संगीतकार सन्तोष श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

१८ माघ २०७२, सोमवार ०४:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु