वातावरण जोगाउने तालिम शुरु !

12636817_1111337655597236_536668587_oकाठमाडौँ, १८ माघ । वातावरण तथा ग्लोबल हेल्थ संरक्षणका लागी राजधानीमा एक हप्ते तालिम सञ्चालन भएको छ।

विभिन्न कलेज, इन्स्टिच्युट एवंम अध्ययन गरिरहेका विद्यार्थी र पत्रकारहरुसहित तालिम शुरु गरिएको आयोजक संस्थाको अध्यक्ष तथा प्रोफेसर डा. मुकेश चालिसेले जानकारी दिए ।

‘फिल्ड कोर्स इन कन्जरभेसन बायोलोजी एण्ड ग्लोबल हेल्थ एट द ह्युमन इन्भाइरोमेन्ट इन्टरफेस’ नाम दिइएको तालिममा अमेरिकाको वाशिंटन डिसी विश्वविद्यालयका प्रध्यापकले प्रशिक्षण दिइरहेका छन् ।

विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी तालिममा वातावरण जोगाउन गर्नुपर्ने काम र मानव स्वास्थ्यका लागी पनि आवश्यक कुराका विषयमा प्रशिक्षण भइरहेको सहभागीले बताएका छन् ।

यसअघि पनि सो संस्थाले तालिम चलाएको थियो । यस बर्ष गरी १५ औँ पटकसम्म चलाएको तालिमले वातावरण जोगाउन भूमिका खेल्ने संस्थाका अध्यक्ष चालिसेले बताए ।

१८ माघ २०७२, सोमवार ०३:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु