कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौ, ११ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १३औँ महाधिवेशनको तयारीका लागि सोमवार केन्द्रीय समितिले बैठक डाकेको छ ।
फागुन २० देखि २३ सम्म १३औँ महाधिवेशन हुँदैछ । कांग्रेसले निर्वाचन सम्पन्न गर्न ७५ वटै जिल्लामा निर्वाचन अधिकृत पनि खटाईसकेको छ ।
केन्द्रीय समितिको बैठकमा कांग्रेसले पाटभ्भित्र विवादित बनिरहेको क्रियाशिल सदस्यता विवाद पनि मिलाउने र अन्य तयारी पनि गर्ने बताइएको छ ।
क्रियाशिल सदस्यको विभिन्न जिल्लाको नामावलीमा त्रुटि भएकोले त्यसलाई केन्द्रीय समितिको बैठकले संशोधन गर्नेछ ।
बैठकमा पार्टीका जिल्ला सभापतिले दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने भन्ने पार्टी विधानको प्रावधान कुन महाधिवेशनबाट लागू गर्ने भन्ने निर्णय पनि बैठकले गर्नेछ । कांग्रेसमा १८ जिल्ला सभापति ११औँ र १२औँ अधिवेशनबाट सभापति भइसकेका छन् । यिनले सभापति दोर्होयाउन पाउने छैनन् ।
कांग्रेसको बैठकमा पदाधिकारी थप गर्ने र केन्द्रीय समितिमा सदस्यको संख्या बढाउने विषयमा पनि छलफल हुनेछ ।
११ माघ २०७२, सोमवार ०३:१९ बजे प्रकाशित