वरिष्ठ न्यायाधीशमा पहिलो महिला कार्की
काठमाडौ, २२ पुस । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशका हैसियतले सुशीला कार्की मंगलबारदेखि न्याय परिषद् सदस्य भएकी छन् ।
वरिष्ठ न्यायाधीश एवम् न्याय परिषद् सदस्य गिरिशचन्द्र लाल उमेरका कारण मङ्गलबारबाट अवकाश लिएपछि वरिष्ठ न्यायाधीशको हैसियतले कार्की न्याय परिषद् सदस्य भएकी हुन् ।
नेपालको संविधानमा सर्वोच्च अदालतका न्यायाधीशले ६५ वर्षपछि पुगेपछि अवकाश लिनुपर्ने व्यवस्था छ ।
२१ पुस २०७२, मंगलवार २०:४७ बजे प्रकाशित