सरकारले वार्ता गर्न चाहेन : अध्यक्ष यादव

mahendra-ray-yadavरौतहट, २२ पुस । तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले तराई मधेसमा विगत पाँच महिनादेखि आन्दोलन चलिरहँदा पनि सरकारले परिणाममुखी वार्ता गर्न चासो नदेखाएको बताएका छन् ।

प्रहरीको गोली लागी उपचारका क्रममा मृत्यु भएका स्थानीय अकोलवा गाविस–५ बस्ने शेख मयुरुद्धिनको अन्त्येष्टिमा सहभागी हुन आइपुग्नुभएका यादवले सरकारलाई बुझाइएको ११ बुँदे माग नै मधेसी मोर्चाको बटमलाइन भएको बताए ।

साथै उनले सरकार र प्रतिपक्षी दलसँग छलफल गर्नका लागि मोर्चाले आजै तीन सदस्यीय कार्यदल बनाएर पुनः छलफल गर्न सुरु गरेको पनि बताए ।

२१ पुस २०७२, मंगलवार २०:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु