साढे चार लाख घुससहित सब-इन्जिनियर पक्राउ

जनकपुरधाम, २१ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास सम्पर्क कार्यालयको टोलीले घुसको रकमसहित एक सव इन्जिनियरलाई धनुषाको महेन्द्रनगर नगरपालिकाबाट पक्राउ गरेको छ ।

आयोगको टोलीले गौशाला नगरपालिकाका सव इन्जिनियर सत्रुधनप्रसाद साहलाई विभिन्न सडक निर्माणमा ठेकेदारसँग रकम लिने गरेको सुराकी पाएको अवस्थामा छापा मारी निजलाई पक्राउ गरेको हो ।

सो नगरपालिकाको विभिन्न सडकमा ठेकेदारसँग काम गरेबापत रकम घुस माग्ने गरेको अवस्थामा धनुषामहेन्द्रनगर नगरपालिकाको हनुमान मन्दिर नजिकबाट करिब रु साढे चार लाख नगदसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । निजको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

२० पुस २०७२, सोमवार १९:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु