पाचँ दिने भ्रमणका लागी दिल्ली उडे पोडेल
काठमाडौँ, २० पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल पाँच दिने भारत भ्रमणका लागि आज अपरान्ह त्यसतर्फ प्रस्थान गरेका छन् ।
उपसभापति पौडेल पतञ्जलि योगपीठको कार्यक्रममा सहभागी हुन भारत जानुभएको उनको निजी सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा उपसभापति पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, प्रमुख सुरक्षा सल्लाहकारलगायतसँग उच्च भेटवार्ता गर्ने बताइएको छ।
काँग्रेसको आसन्न १३ औँ महाधिवेशन नजिकिदै गर्दा सभापतिका उम्मेदवार ठानिएका उपसभापति पौडेलको भारतीय नेतासँग हुने भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
२० पुस २०७२, सोमवार १०:०७ बजे प्रकाशित