पूर्वमन्त्री लालबाबु पण्डित अस्पताल भर्ना !
काठमाडौँ, २० पुस । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित अस्वस्थ भई नयाँबानेश्वरस्थित निजामती अस्पतालमा भर्ना भएका छन् ।
उनलाई मधुमेह, उच्च रक्तचापको समस्या भएपछि आइतबार साँझ अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीय सचिव ओसिम आलमले जानकारी दिए ।
अस्पतालका प्रमुख डा बिमल थापाको समूहले अहिले उहाँको उपचार गरिरहेको छ । नेता पण्डितको आँखामा समेत समस्या देखिएको र त्यसको शल्यक्रिया गर्नुपर्ने बताइएको छ ।
मधुमेहलाई सामान्य अवस्थामा ल्याएपछि उहाँको आँखाको शल्यक्रिया गर्नुपर्ने भएकाले अझै एक सातासम्म अस्पताल बस्नुपर्ने आलमले जानकारी दिए ।
२० पुस २०७२, सोमवार ०९:०९ बजे प्रकाशित