झलारीमा कपडा उद्योग सञ्चालनमा

भीमदत्तनगर, १९ पुस । कञ्चनपुरको झलारीमा कपडा उद्योग सञ्चालनमा आएको छ । पुराना काम नलाग्ने कपडालाई पुनः प्रयोगमा ल्याउन पहिलो पटक यहाँ उद्योग सञ्चालनमा आएको हो ।

काम नलाग्ने पुराना कपडाबाट कपास (कपडाबाट बनेको नयाँ कपास) बनाउने उद्योग स्थानीय उजलसिंह डडालले सञ्चालनमा ल्याएका हुन् ।

प्रयोग गरेर काम नलाग्ने अवस्थामा पुगेका पुराना कपडालाई ‘कार्डेन मेसिन’को सहयोगले नयाँ कपास बनाएर पुनः कपडा बनाउन सकिने सञ्चालक डडालको भनाइ छ ।

उक्त कपासबाट नयाँ सिरक, डस्ना, तकियालगायतका नयाँ कपडा बनाउने गरिएको छ ।

“उच्च प्रविधिबाट पुराना कपडालाई कपास उत्पादन गरी नयाँ कपडा बनाउँदा सस्तो र खेर गएका कपडा प्रयोगमा आएपछि सेवाग्राही खुसी भएका छन् ।” उनले भने – “उद्योगले बजार पाउनुका साथै पाँचजनाले रोजगारीसमेत पाएका छन ।”

१९ पुस २०७२, आइतवार ०५:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु