दिनदिनै जान थाल्यो भूकम्प, आज कास्कीमा धक्का, हेम्जा केन्द्रविन्दु
कास्कीमा बिहिबार भूकम्पको धक्का महशुस भएको छ । कास्कीको हेम्जा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज ५ बजेर २७ मिनेटमा ३।१ रेक्टरको भूकम्प गएको हो । यस अघि हिजो बुधबार काठमाडौँको कालिमाटी केन्द्र भएर भूकम्प गएको थियो।
११ भदौ २०७७, बिहीवार १८:३२ बजे प्रकाशित













