अपाङ्गता भएकाहरुको भत्ता वृद्धि हुन्छ – मन्त्री रायमाझी
रुपन्देही १६ पुस । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले अपाङ्गता भएका व्यक्तिलाई दिँदै आएको भत्ता वृद्धि गर्ने आश्वासन दिएका छन् ।
बुटवल–१४ तामनगरमा रुपन्देही नेत्रहीन सङ्घको नवनिर्मित तालिम तथा आश्रय भवनको बुधबार उद्घाटन गर्दै उनले अपाङ्ग भएका व्यक्तिको जीवनस्तर माथि उठाउन वर्तमान सरकारले विभिन्न सीप र क्षमता वृद्धिका कार्यक्रम ल्याउने तयारी गरिरहेको दाबी गरे ।
एक फरक प्रसङ्गमा ऊर्जामन्त्री रायमाझीले विद्युत् भार कटौतीको समय दिनको एक÷दुई घन्टामा सीमित राख्न सरकारले गृहकार्य गरिरहेको बताए ।
दृष्टिविहीनले एक व्यक्ति एक इँटा अभियानमार्फत ३३ लाख १३ हजार लागतमा निर्माण गरेको एकतले भवनमा दुई कोठा र एउटा तालिम हल रहेका छन् ।
रासस
१५ पुस २०७२, बुधवार २३:४८ बजे प्रकाशित