इनरुवामा झडप हुँदा दश घाइते

इनरुवा, १६ पुस । सुनसरी सदरमुकाम इनरुवामा लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकताबाट उपप्रधानमन्त्री विजयकुमार गच्छदारको कार्यक्रममा अवरोध सिर्जना गरिँदा झडप भएको छ ।

बुधबार सदरमुकाम इनरुवामा मधेसी मोर्चाका कार्यकर्ताबाट नाराबाजी र कालो झन्डा देखाइँदा प्रहरीले हस्तक्षेप गरेको हो ।

झडपका क्रममा १० जना मोर्चाका कार्यकर्ता घाइते भएका हुन् । घाइते हुनेमा सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहता, सङ्घीय समाजवादी फोरमका गुलाब शर्मा, धर्मवीर आर्या, सद्री मेहता, सचेन्द्र यादव, कुसुमलाल यादव, लखन महतो, मोहमद बसिम मियाँ, पर्शुराम यादव, मुनचुन यादवलगायत रहेका छन् ।

घाइतेको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको मोर्चाले जनाएको छ । घाइतेमध्ये दुईको हात भाँचिएको छ भने एक जनाको टाउको फुटेको छ । घटनापछि स्थानीय बजार बन्द गराइएको थियो ।

प्रहरीले भने मन्त्रीको कार्यक्रमलाई लक्ष्यित गरी कालो झन्डा देखाएको भन्दै सामान्य झडप भएको प्रतिक्रिया दिएको छ । प्रहरीले पनि केही मानिस घाइते भएको पुष्टि गरेको छ ।

१५ पुस २०७२, बुधवार २३:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु