आज माओ जयन्ती, नेपालका कम्युनिष्ट पार्टीहरुको छुट्टाछुट्टै कार्यक्रम
काठमाडौं , ११ पुस। आज डिसेम्बर २६, माओ जयन्ति, बिश्वभरका कम्युनिस्ट बिचारकहरुले माओत्सुेतुङको सम्झना गरि मनाउँदै छन् ।
चिनियाँ कम्युनिस्ट पार्टिका अध्यक्ष तथा बिश्व कम्युनिष्ट आन्दोलनका नेता माओत्सेतुङको जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईँदैछ ।
एउटै सिद्धान्त एवम् विचार मान्ने भएपनि विभाजित अवस्थामा रहेका नेपालका कम्युनिष्ट पार्टीहरुले दिवसको अवसरमा छुट्टाछुट्टै कार्यक्रम गर्ने भएका छन् ।
एकिकृत माओबादिले केन्द्रिय कार्यालय पेरिशडाँडामा माओ दिवसका अवशरमा बिशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा पार्टीका प्रमुख नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको नेता हितराज पाण्डेले जानकारी दिनुभयो । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तीकारी माओवादीले पनि बिभिन्न जिल्लामा कार्यक्रम आयोजनना गर्दैछ ।
कुपण्डोलमा बिशेष कार्यक्रम आयोजना गरिएको सचिव देव गुरुङ्ले जानकारी दिनुभयो ।
चन्द पक्ष नेतृत्वको नेकपा माओबादिले माओ दिवसका अवशरमा धनगढीमा भारतिय नाकाबन्दी विरुद्ध विरोध सभा गर्दैछ ।
मुलुकमा जारी संकट समाधानतर्फ सरकार जिम्मेवार दलहरु गम्भिर नभएको भन्दै भारतिय रबैया र हस्तक्षेप विरुद्ध देशभर बिभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको जनाइएको छ । माक्र्सबादि, लेनिनबादि बिचारधारालाई सैनिक रणनितिमा जोडिएको माओको सिद्धान्तलाई माओबादको नामले चिनिन्छ ।
माओको जीवनी
उपनाम: माओ
जन्म: २६ दिशम्बर १८९३
शाओसान, जिआङ्तान, हुनान, क्विङ् डाइनेस्टी
मृत्यु: ९ सितम्बर १९७६
बेजीङ्, चीन
कार्यक्षेत्र: क्रान्ति, राजनीति
राष्ट्रीयता: चीनी
महत्वपूर्ण कार्य: चिनी क्रान्ति
११ पुस २०७२, शनिवार ०४:२९ बजे प्रकाशित