पुनर्निर्माण प्राधिकरण सीइओमा सुशील ज्ञवाली

Pmo-Office

काठमाडौं , १० पुस। सरकारले पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृत सीईओमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको शुक्रबार साँझ बसेको बैठकले पाल्पाका ज्ञवालीलाई प्राधिकरणको सीइओ नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन रार्इले जानकारी दिए । भूकम्प पीडितलार्इ राहत दिनेदेखि पुनर्निर्माणको काम गर्ने प्राधिकरणमा अध्यक्षपछि कार्यकारी अधिकृत प्रमुख पद हो । प्राधिकरणको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । सिभिल इन्जिनियर रहेका ज्ञवाली नगर विकास कोषका कार्यकारी निर्देशक हुन् । उनको कार्यकाल डेढ वर्ष बाँकी रहँदा सरकारले पुनर्निर्माण प्राधिकरणको सीईओमा नियुक्त गरेको हो । ज्ञवालीसँग स्थानीय निकायमा लामो समय काम गरेको अनुभव छ । उनलाई एमाले उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छ।

१० पुस २०७२, शुक्रवार १५:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु