राष्ट्रपति भण्डारीले गरिन् ‘मैले बुझेको गान्धी’ पुस्तकको विमोचन

राष्ट्रपति विद्यादेवी भण्डारीले महात्मा गान्धीबारे लेखिएको संग्रह ‘मैले बुझेको गान्धी’ को सोमवार विमोचन गरेकी छन् ।

नेपालस्थित भारतीय दूतावासले प्रकाशन गरेको विशेष संग्रहमा नेपालका उच्च प्रतिष्ठित व्यक्तिहरूले गान्धीबारे लेखेका छन् ।

राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो संग्रह राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

‘भारतीय दूतावासले ट्वीटमार्फत भनेका छन, ‘संग्रहमा नेपालका उच्च प्रतिष्ठित व्यक्तिहरूले गान्धीजीको बारेमा नेपाली दृष्टिकोण झल्काउँदै योगदान गरेका छन्’।

२४ कात्तिक २०७७, सोमवार १७:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु