काठमाडौंमा ५० वर्ष माथिकालाई भेरोसेलको पहिलो खोप लगाइँदै

१४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि ५० वर्षदेखि माथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्ध खोप लगाउन सुरु गरेको छ। महानगरले चिनियाँ खोप भेरोसेलको खोपको पहिलो मात्रा यो उमेर समूहका नागरिकलाई लगाउन सुरु गरेको हो।
बिहीबार ३२ वटै वडास्थित स्वास्थ्य केन्द्रबाट खोप बिहान १० देखि अपरान्ह ५ बजेसम्म लगाइदैछ। खोप लगाउन जाँदा नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, वा यी कुनै पनि कागजात नभए वडाबाट उमेर प्रमाणित हुने कागजात लिएर जानुपर्नेछ।
पछिल्ला दिनमा निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने विज्ञहरुले औंल्याएका छन्।
१४ साउन २०७८, बिहीवार १२:४२ बजे प्रकाशित