नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या घट्दै

१८ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट हुने मृत्यु उल्लेख्य रुपमा घटेको छ ।
पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ, जुन २५ दिनयताकै कम हो ।
गत वैशाख २५ गते ५३ जना र २६ गते ८८ जनाको मृत्यु भएको थियो ।
त्यसपछि वैशाख २७ गते १३९ र २८ गते २२५ जनाको मृत्यु भएको थियो ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृतक संख्या बढेर जेठ ५ गते एकै दिन २४६ जनासम्म पुगेको थियो ।
त्यसपछि मृतक संख्या घट्दै आएर जेठ १४ गते ९६ जनामा झरेको थियो ।
हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।
१८ जेठ २०७८, मंगलवार १८:०६ बजे प्रकाशित