विवेकशील पार्टीका अध्यक्ष उज्ज्वल थापाको  निधन

१८ जेठ, काठमाडौं । विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापाको  निधन भएको छ ।

साझा विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले आज अपरान्ह ४ः२५ बजे उपचारका क्रममा थापाको निधन भएको जानकारी दिएका छन् ।

थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । हिजो थापाको कोरोना रिपोर्ट नेभेटिभ आए पनि स्वास्थ्य अवस्था गम्भीर थियो । उनको भेन्टिलेटर र इक्मो विधिबाट उपचार भइरहेको थियो ।

कोभिड संक्रमण भई केहीदिनदेखि थापा ह्याम्स अस्पतालमा भर्ना भएका थिए । ह्याम्सबाट उनलाई ग्रान्डी अस्पताल रेफर गरिएको थियो र थप स्वास्थ्य अवस्था जटिल भएपछि जेठ १४ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

१८ जेठ २०७८, मंगलवार १७:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु